कोरोना : स्पेनमा १ लाख पुगे संक्रमित, २४ घण्टामा ९ सय २३ जनाले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरसले सारा विश्वमा हाहाकार बनाइरहेको छ ।

कोरोना भाइरस अहिलेसम्म विश्वका २०३ देशहरुमा फैलिइसकेको छ । र भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दा सम्म ४७ हजार २ सय ३२ पुगेको छ भने ९ लाख ३५ हजार ५ सय ८१ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

त्यस्तै भाइरसबाट १ लाख ९४ हजार २ सय ७६जना निको भएर घर फर्किएका छन् । यसैबीच इटाली, स्पेन, अमेरिका फ्रान्स, ईरान र ब्रिटेनमा कोरोनाले त्राहि-त्राहि मच्चाएको छ ।

स्पेनमा कोरोना भाइरसबाट अहिलेसम्म ९ हजार ३ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख ४ हजार १ सय १८ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

स्पेनमा आईतवार र सोमवार क्रमशः ६ हजार ५ सय ४९, ६हजार ३ सय ९४ नयाँ संक्रमित देखा परेका थिए । तर मंगलवार भने नयाँ संक्रमित ९ हजार २ सय २२ जना देखा परेका थिए ।

फेरी बुधवार ८ हजार १ सय ९५ नयाँ संक्रमित थपिएका छन् । त्यति मात्रै होइन, स्पेनमा पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ सय २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?