२०७६, १९ चैत्र बुधबार २३:००

कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक


प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार २३:००

काठमाडौं । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।

राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन् ।

जापानमा मङ्गलवार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए । स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस