९ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार बढी पुगेको हो ।  यस्तै ४५ हजार ३९८ जनाको मृत्यु भएको छ ।

यसैगरी १ लाख ९० हजार ६६० जनालाई संक्रमण निको भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाबाट आज बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ३४१ र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?