कोरोनाको कारण विश्व प्रसिद्ध वैज्ञानिकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृत्यु भएको छ । मंगलबार उनको मृत्यु भएको बीबीसीले जनाएको हो ।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।

चीनको वुहानबाट गत डिसेम्बरको अन्तिममा देखिएको कोभिड-१९ को महामारी अहिले विश्वभर फैलिएको छ । हाल सम्म कोरोनाको कारण ४४ हजार २सय १७ जनाको मृत्यु भइसकेको छ भने ८लाख ८५हजार ६८९ जनामा कोरोना संक्रमण देखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?