र्‍यापिड किट खरिद प्रकरण : यसकारण सम्झौता रद्ध, कति धरौटी हुँदैछ जफत ?

काठमाडौं – कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री र्‍यापिड टेष्ट किट लगायतका मेडिकल सामाग्री खरिद सम्झौता विवादीत बन्दै गएपछि अन्तत: स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिईएको हो ।

सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्धगरेसँगै धरौटीबापत दिइएको पाँच करोड रुयैयाँ धरौटी समेत जफत गर्ने भएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक महेन्द्र श्रेष्ठले विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गर्ने भएको जानकारी दिए ।

गत चैत्र १४ गते ओम्नी समूहसँग यो सम्झौता भएकोमा आज १९ गते रद्द गरिएको हो । यस कम्पनिले पहिलो लटमा सामान ल्याएको छ । दोस्रो लटमा भोली आउँने छाँटकाँट नभएपछि सम्झौता रद्द गरिएको हो । उसले पहिलो लटमा ल्याएको समान २७ करोड रुपैयाँ बराबरको रहेको बुझिएको छ ।

यसैबीच चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको अवस्थामा आजै र्‍मन्त्रालयले आफ्नो प्रष्टीकरण विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

हालसम्म नेपालमा ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनीहरुको उपचार भइरहेको छ । यतिबेला नेपाल सरकारले दोस्रोपटक आह्वान गरेको लकडाउनका कारण यो महामारीबाट बच्न नागरिक घरमा नै बसिरहेका छन् ।

कोरोना भाइरस कोभिड १९ का कारण यो समाचार तयार पार्दासम्म ४३ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । ८ लाख ७३ हजार ८ जना मानिस संक्रमित भएका छन् । १ लाख ७८ हजार ६ सय ६८ जना भाइरसबाट संक्रमित भएकोमा निको भएर घर फर्किएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै ईटलीका नागरिकले ज्यान गुमाएका छन् । त्यहाँ यो सामाग्री तयार पार्दासम्म १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । १ लाख पाँच हजार ७ सय ९२ वटा नयाँ केसहरु देखिएका छन् । त्यसपछि स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ९५ हजार ९ सय २३ जना संक्रमित छन् । तेस्रो नम्बरमा अमेरिका छ । जहाँ ४ हजार ५६ जना मानिसले ज्यान गुमाएका छन् । १ लाख ८८ हजार ५ सय ९२ जना संक्रमित छन् । त्यहाँ नयाँ केस ६२ वटा देखिएका छन् । चौथो नम्बरमा छ, फ्रान्स । त्यहाँ ३ हजार ५ सय २३ जनाको ज्यान गएको छ । ५२ हजार एक सय २८ जना संक्रमित छन् । यो समाग्री तयार पार्दा यहाँ नयाँ केस देखाइएको छैन । त्यसपछि छ, चीन । हालसम्म चीनमा ३ हजार ३ सय १२ जना को मृत्यु भएको छ । यो भाइरस गत अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको भनिएको छ । उसले अहिले संक्रमण सहरमा लकडाउन गराएका कारण भयावह हुन पाएन । त्यहाँ हाल संक्रमित संख्या ८१ हजार ५ सय ५४ छ । ३६ वटा नयाँ केस र आजमात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?