BREAKING : र्‍यापिड टेष्ट किट ल्याउने कम्पनीको धरौटी जफतसहित टेण्डर रद्द

काठमाडौं- स्वास्थ्य सेवा विभागले कोरोना भाइरस ‘कोभिड -१९’ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । साथै ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको छ । स्वास्थय मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

यसअघि विज्ञप्ती निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड टेष्ट किटको विषयमा सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै र्यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको हो। विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा जारी गएको विज्ञप्तीमा भनिएको छ ।
‘मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रमममा र्यापिड टेष्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्ययममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो’, मन्त्रालयले उक्त किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने प्रष्ट पारेको छ। ‘सरकारले ल्याएको र्यापिड टेष्ट किटको गुणस्तर निक्यौल गरेपछि मात्रै प्रयोग हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो।’
यसको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको समेत मन्त्रालयले प्रष्ट पारेको छ।

‘चीनबाट खरिद गरी ल्याएको र्यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्वतयारी गर्न खोजिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?