कोरोना भाइरस : महान डाक्टर गुडरिचको मृत्यु, विश्वलाई ठूलो क्षति

काठमाडौं । कोरोना भाइरसको चपेटामा अब डाक्टरहरु पनि पर्न थालेका छन् ।

न्युयोर्कको अस्पतालमा न्युरोसर्जन डाक्टर जेम्स गुडरिचको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

मोन्टेफोर हेल्थ सिस्टमका अनुसार, उनलाई कोरोना भाइरसको लक्षण देखा परेको थियो ।

त्यसपछि सोमवार उनले आफ्नो जीवनकै अन्तिम श्वास लिएका थिए ।

यति भनिरहँदा यो पनि जानकारी होस्, उनले नै  शिर जोडिएका दुई बच्चालाई सफल अप्रेशन गरेर उनीहरुलाई नयाँ जीवन दिँदै विश्वमा आफ्नो फरक पहिचान बनाएका थिए । र अलग गर्ने एक विधिको विकास गरेका थिए ।

न्युयोर्क

कोरोना भाइरसको चपेटामा अब डाक्टर पनि पर्न थालेका छन् । न्युयोर्कको अस्पतालमा न्युरोसर्जन डाक्टर जेम्स गुडरिचको कोरोना भाइरसबाट मृत्यु भएको हो ।

मोन्टिफोर मेडिसिनका सीईओ डा. फिलिपले भने, डा.गुडरिक हाम्रो संस्थाबाट धेरै लामो समय देखि जोडिएका थिए, र उनलाई हाम्रो संस्थाले धेरै याद गरिरहनेछ ।

उनले थपे, डाक्टर गुडरिक अस्पतालका लागि एक उत्कृष्ट र आवश्यक तथा इमान्दार डाक्टरको रुपमा हुनुहुन्थ्यो, उहाँको अचानक मृत्युले एउटा देशलाई मात्र नभएर सारा विश्वलाई नै ठूलो क्षति भएको छ ।

२७ घण्टा लागेको थियो अप्रेशन गर्न

उनले सन् २०१६ मा जोडी बच्चाहरु जोडन र एनिसलाई शिर अलग गराउन २७ घण्टासम्म खटेर अप्रेशन गरेका थिए ।

उक्त अप्रेशनमा उनीसहित ४० अन्या डाक्टरको टिम सहभागी थियो । तर त्यहाँ डाक्टर जेम्स गुडरिचले नै टिमको नेतृत्व गरेका थिए ।

कोरोनाको महामारी जारी

कोरोना भाइरसको महामारी अहिलेसम्म सारा विश्व मा नै जारी रहेको छ । अहिलेसम्म कोरोना महामारीका कारण ४२ हजार ५ सय ३४ जनाको ज्यान गएको छ भने भाइरसबाट ८ लाख ६२ हजार ७ सय ८२ जना संक्रमित रहेका छन् ।

कोरोना भाइरसको औषधि बनाउन वैज्ञानिकहरु रात दिन खटिरहँदा पनि अहिलेसम्म बन्न सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?