कोरोनाविरुद्ध बेलायतको नयाँ ‘टार्गेट’ : केमिकलको अभावका कारण रोकिएको परिक्षण गर्ने

काठमाडौं – गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारणको कारण विश्व आक्रान्त भएका बेला बेलायतले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । हालसम्म यस विरुद्धको भ्याक्सिन र औषधी बनेका छैनन् । बेलायतले अप्रिल मध्यसम्ममा दैनिक २५ हजारका दरमा कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ ।

बेलायतका आवासमन्त्री रोबर्ट जेनरिकले स्काइ न्युजसँग कुरा गर्दै परीक्षणको दायरा बढाउनसक्ने् क्षमता बेलायतको रहेको बताएका हुन् ।

यसअघि एकजना मन्त्री माइकल गोभले डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा कोरोना परीक्षणका लागि आवश्यक केमिकलको विश्वयव्यापी अभाव भएको बताएका थिए ।

आवासमन्त्री जेनरिकको भनाइप्रति आलोचना गर्दै परीक्षणको दायरा बढाउन ढिलो भइसकेको बताइएको छ । त्यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण थाल्नुगपर्ने बताइएको छ ।

यो समाचार तयार पार्दासम्म ४२ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । ८ लाख ६१ हजार २ सय ९५ जना संक्रमित भएका छन् । १ लाख ७८ हजार ६ सय ६८ जना भाइरसबाट संक्रमित भएकोमा निको भएर घर फर्किएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै ईटलीका नागरिकले ज्यान गुमाएका छन् । त्यहाँ यो सामाग्री तयार पार्दासम्म १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । १ लाख पाँच हजार ७ सय ९२ वटा नयाँ केसहरु देखिएका छन् । त्यसपछि स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ९५ हजार ९ सय २३ जना संक्रमित छन् । तेस्रो नम्बरमा अमेरिका छ । जहाँ ४ हजार ५६ जना मानिसले ज्यान गुमाएका छन् । १ लाख ८८ हजार ५ सय ९२ जना संक्रमित छन् । त्यहाँ नयाँ केस ६२ वटा देखिएका छन् । चौथो नम्बरमा छ, फ्रान्स । त्यहाँ ३ हजार ५ सय २३ जनाको ज्यान गएको छ । ५२ हजार एक सय २८ जना संक्रमित छन् । यो समाग्री तयार पार्दा यहाँ नयाँ केस देखाइएको छैन । त्यसपछि छ, चीन । हालसम्म चीनमा ३ हजार ३ सय १२ जना को मृत्यु भएको छ । यो भाइरस गत अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको भनिएको छ । उसले अहिले संक्रमण सहरमा लकडाउन गराएका कारण भयावह हुन पाएन । त्यहाँ हाल संक्रमित संख्या ८१ हजार ५ सय ५४ छ । ३६ वटा नयाँ केस र आजमात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

उता ईरानमा ४४ हजार ६ सय ५ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ९८ जनाको ज्यान गएको छ । त्यसपछि युकेमा एक हजार ७ सय उनाननब्बे जनाले जयान गुमाएका छन् भने महामारीबाट २५ हजार एक सय ५० जना संक्रमित भएका छन् । त्यस्तै नेदरल्याण्ड्मा १२ हजार ५ सय ९५ जना संक्रमित हुँदा एक हजार ३९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै जर्मनीमा ७१ हजार ८ सय ८ जना संक्रमित भएका छन् । ७ सय ७५ जनाले जयान गुमाएका छन् । त्यस्तै बेल्जियममा ७ सय ५ जनाले जयान गुमाएका छन् । भने १२ हजार ७ सय ७५ जनामा संक्रमण देखा परेको छ । त्यस्तै स्विजरल्याण्डमा १६ हजार ६ सय ५ जनामा संक्रमण देखा परेको छ भने अहिलेसम्म ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै टर्कीमा १३ हजार ५ सय ३१जना संक्रमित हुँदा २ सय १४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा २ सय २ जनाले ज्यान गुमाएका छन् । ५ हजार ८ सय १२ जनामा संक्रमण देखा परेको छ । त्यस्तै ९५ वटा नया केस देखा परेका छन् । उता स्विडेनमा १ सय ८० जनाले ज्यान गुमाउँदा ४ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ । त्यस्तै दक्षिण कोरीयामा ९ हजार ८ सय ८७ जना भाइरसबाट संक्रमित भएका छन् भने १ सय ६५ जनाको ज्यान गएको छ ।

आजमात्रै दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ भने थप एक सय एक जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै पोर्चुगल एक सय ६० जनाको मृत्यु हुँदा ७ जार ४ सय ४३ जना भाइरसबाट संक्रमित रहेका छन् । त्यस्तै ईन्डोनेसियामा एक हजार ६ सय ७७ जनामा संक्रमण देखा पर्दा एक सय ५७ जनाको मृत्यु भएको छ । जसमध्ये २१ जना आज थपिएका हुन् । एक सय उनानपचास वटा नयाँ केस देखिएको छ । उता अस्ट्रियामा १० हजार ३ सय ६६ जनामा संक्रमण देखा पर्दा १ सय २८ जनाको मृत्यु भएको छ । भने १ सय ८६ वटा नयाँ केस देखिएका छन् उता क्यानडामा एक सय १ जनाको मृत्यु हुँदा संक्रमितको संख्या ८ जार ६ सय १२ पुगेको छ । फिलिपिन्समा ९६ जनाको मृत्यु भएको छ । २ जार ३ सय ११ जनामा संक्रमण फेला परेको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?