इरानले दियो अमेरिकालाई यस्तो चेतावनी

काठमाडौं । अमेरिकी नाकाबन्दी सामना गर्नुपरेकाले इरानको आर्थिक अवस्था राम्रो छैन र अहिले इरान कोभीड–१९ सँग जुधिरहेको छ ।

यस्तो परिस्थितीमा सोमबार अमेरिकाले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिन लम्ब्याउने घोषणा गरेको छ ।

तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भनेर यस्तो निर्णय गरिएको वासिङ्टनले जनाएको छ । इरानमा बुधबारसम्म ४४ हजार ६ सय ५ मा कोरोनाको संक्रमण फैलिएको छ र २८ सय ९८ को मृत्यु भएको छ । अमेरिकाको अवस्था अझै भयावह छ, यहाँ १ लाख ८८ हजारमा संक्रमण भइसकेको छ भने ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यस्तो अवस्थामा ईस्लामिक गणतन्त्र दिवसका दिन इरानको इस्लामिक रिभोलुसन गार्डस् क्रप्सले विज्ञप्ती जारी गर्दै आफ्ना विरोधीहरुलाई चेतावनी दिएको छ । ‘कुनै पनि देशका कुनै भूभागमा इरानविरुद्ध आपराधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र विध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?