काठमाडौं । भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । आँफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका ७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ मंगलबार साँझ घाइते भएका हुन् ।
गुरुङ घर नजिकैको जंगलमा बाघलाई तर्साउन भनी भरुवा बन्दुक बोकेर हिँडेका थिए । बन्दुक आँफै पड्किएपछि उनी घाइते भएको प्रहरीले जनाएको छ । बन्दुक पड्किएर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ ।
घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया