काठमाडौं । प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना भाइरसको महामारीसँग लड्नको लागि कोरोना भाइरस ‘रिलीफ फन्ड’ बनाउने घोषणा गरेका छन् ।
यस फन्डमा आर्थिक सहयोग गर्नेवालाहरुसँग उसको श्रोत नसोधिने बताइएको छ । साथै पाकिस्तानी प्रधानमन्त्री खानले ‘टाइगर फोर्स’ बनाउने पनि घोषणा गरेका छन् ।
यस फोर्समा युवाहरु हुने र देशैभर लकडाउनको अवस्था आईपरे टाइगर फोर्समा सहभागी युवाहरुले जनताको घरघरमा रासन पुर्यादिने बताएका छन् ।
यसका लागि युवाहरुको गठन प्रक्रिया पनि शुरु भईसकेको छ ।
पाकिस्तामा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट २६ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३९ जनामा भाइरसको संक्रमण रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया