काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिका जस्तो शक्तिशाली देशलाई पनि नतमस्तक बनाइदिएको छ ।
महामारीका कारण अमेरिकामा यो समाचार तयार पार्दा सम्म ३ हजार ८ सय ९० जनाको ज्यान गईसकेको छ भने १ लाख ८८ हजार ५ सय ७८ जनमा कोरोनाको संक्रमण देखा परेको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाको महामारी विश्वका २ सय ३ देशमा फैलिइसकेको छ ।
अमेरिकामा लगातार मृतकको आँकडा बढी रहेको छ । ११ सेप्टेम्बर सन् २००१ मा भएको हमलालाई पनि कोरोनाले पछाडि छोदिएको छ ।
अमेरिकामा १०० वर्षको इतिहाँसको कुरा गर्ने हो भने यो नै सबैभन्दा ठूलो मानवीय संकट हो ।
यो भन्दा अगाडि ११ सेप्टेम्बर सन् २००१ को संयुक्त राज्य अमेरिकाको इस्लामिक आतंकवादी समूह अल्कायदाद्वारा गरिएको हमलामा २ हजार ९ सय ९६ जनाको ज्यान गएको थियो । र घाइते ६ हजार भन्दा धेरै भएका थिए भने १० अर्ब अमेरिकी डलरको क्षति भएको थियो ।
यो भन्दा बाहेक सन् १९०६ मा स्यान फ्रान्सिस्को भूकम्पमा ३ हजार ३ सय ८९ र सन् १९८९ को साइक्लोनबाट ३ हजार मानिसहरुको मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया