कोरोना : विश्वमै सबैभन्दा धेरै इटालीयनको मृत्यु, एकै दिनमा गयो ८३७ को ज्यान !

काठमाडौं । इटालीमा सोमबार मात्रै ८३७ जनाको मृत्यु भएको छ । सोमबार इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८३७ जनाको मृत्यु भएको हो ।

इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकहरुलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध समेत गरेका छन् । प्रधानमन्त्री कोन्टेले आगामी अप्रिल ३ सम्मको लागि लकडाउनको घोषणा गरेका थिए । इटलीमा मार्च १० बाट पुरै देशलाई लकडाउन गरीएको थियो ।

इटलीमा लगातार नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म इटालीमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

सोमबार इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८३७ जनाको मृत्यु भएको छ । यो अवधिमा ४ हजार भन्दा धेरै नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै इटालीमा भाइरसका समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १२ हजार ४२८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?