कोरोना असर : वियरको बोतलमा धमाधम स्यानिटाइजर बिक्री

काठमाडौं । कोरोना भाइरसको डरले भारतको मध्य प्रदेशस्थित बुन्देलखण्ड इलाकामा वियरको बोतलमा स्यानिटाइजर बेचेको घटना सार्वजनिक भएको छ ।

उक्त स्यानिटाइजर औषधी पसलमा सहजै पाइने गरेको छ ।

वियर भरेर बेचिने बोतलमा स्यानिटाइजर बेचिरहेको बताइएको छ । वियर बनाउने कम्पनीले नै स्यानिटाइजर बनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

वियरको बोतलमा नै स्यानिटाइजर प्याक गरेर त्यसमा स्टीकर लगाएर बेच्न थालिएको हो ।

२०० देखि २५० मिली स्यानिटाइजरको बोतल ७५ रुपैयाँ पर्ने तर बिक्रेताहरुले ८०,९० र १०० भारतीय रुपैयाँमा बेचिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?