अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इवांकाले गरिन् आम जनतासँग यस्तो अपील

काठमाडौं । आफ्नो घरबाटै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका ट्रम्पले आम जनताहरुलाई अहम सन्देश दिएकी छन् ।

उनी सन्देश दिने बेला साधारण कपडा लगाएर बिना मेकहप उपस्थित भएकी थिइन् ।

उनले सोेसल मिडियामा एक भिडियो शेयर गर्दै सबैभन्दा कठिन समयमा अमेरिकाका जनताहरुले आफ्नो भावना र दृढशक्ति देखाएको बताएकी छन् ।

कोरोना भाइरस टास्क फोर्स र राष्ट्रपतिको निर्णयको उल्लेख गर्दै उनले ३० अप्रिलसम्म आम मानिसहरुलाई सोसल डिस्टेन्स बनाइराख्न अपिल गरेकी छन् ।

उनले भनिन्, ‘हाम्रा जनता व्यक्तिगत तथा सामूहिकरुपबाट ठूलो चुनौतिको सामना गरिरहेका छन् । उनले भनिन्, हामी सबै घरमै छौँ र भाग्यशाली पनि छौँ । हामीले यो भाइरस फैलिनबाट रोक्नुपर्छ । सबैभन्दा कठिन समयमा अमेरिका जहिल्यै आफ्नो तागत र लचिलोपन दखाउँदछ । अब आउनेवाला समयको परिस्थिति अब चाँडै समाप्त हुन्छ । हामी पहिलाको भन्दा पनि धेरै मजबुत बन्ने छौँ ।’

अमेरिकामा अहिलेसम्म कोरोनाका कारण ३ हजार ४ सय २ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ७ सय ५० जनामा संक्रमण रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?