कोरोनाविरुद्ध जापानको ‘बोल्ड’ निर्णय

काठमाडौं । कोरोना भाइरसका कारण जापान सरकारले एक ठूलो फैसला लिएको छ । जापान सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै ७३ वटा देशका नागरिकहरुलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ ।

जापानले मंगलवार अमेरिका सहित संसारका एक तिहाई भन्दा धेरै देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

जापानले कोरोनाको महामारीलाई रोक्नका लागि यस्तो गरेको बताउको छ । जापानले ४ क्षेत्रका आफ्ना नागरिकहरुलाई कुनै पनि क्षेत्रमा यात्रा नगर्न आदेश दिएको छ ।

जापानी विदेश मन्त्री तोशिमित्सु मोतेगीले मिडियालाई सम्बोधन गर्दै अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीन, इक्वाडोर,डोमिनिक गणराज्य, चिली, पनामा, ब्राजिल, बोलिभिया, ब्रिटेन र ग्रीस सहित ४९ देशहरुमाथि लागि मंगलवार सतर्कता बढाएको थियो ।

जापानले आफ्ना देशका यात्रीहरु बहेक अन्यलाई प्रवेशमा रोक लगाउने पनि निर्णय गरेको छ । त्यस्तै जापानले स्पेन, इटाली, जर्मनी, फ्रान्स, अष्ट्रेलिया र इरानका नागरिकहरुलाई पनि प्रवेशमा रोक लगाएको छ ।

साथै कसैलाई पनि जापान यात्रामा ननिस्किन आग्रह गरेको छ । जापानमा अहिलेसम्म १ हजार ९ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित छन् । साथै ५६ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?