डब्लुएचओ र भाइबरको संयुक्त पहलमा कोरोना सम्बन्धी गलत सूचना विरुद्ध यस्तो अभियान

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र भाइबरले कोभिड–१९ को सन्दर्भमा प्रवाह हुने गलत सूचना विरुद्ध अभियान छेड्न एकआपसमा समझदारी गरेका छन् ।

जुन बहु–भाषिक अन्तरक्रियात्मक च्याटबट विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो बटको मुख्य उद्देश्य भाइरसको विषयलाई लिएर तीव्रगतिमा फैलाइने झुठो जानकारी तथा गलत समाचारहरु विरुद्ध जुध्नु रहेको जनाइएको छ ।

सही सूचनाको खोजीमा रहेका विश्वका नागरिकहरुलाई सहयोग गर्न यो च्याटबट अँग्रेजी, अरेबिक, लगायत विन्नि भाषामा उपलब्ध छ र चाँडै नै २० अन्य भाषाहरुमा पनि अनुवाद गर्ने लागेको छ । यसले महामारीलाई लिएर अत्यधिक रुपमा सोधिएका प्रश्नहरु एवं पछिल्लो ताजा समाचारहरुलाई प्रमुखता दिनेछ ।

“लेटेस्ट न्यूज” (हालको ताजा समाचार) लाई डब्लुएचओको वेबसाइटबाट सिधै एउटै समयमा अद्यावधिक गरेर त्यसलाई सोझै यस भाइबर बटमा प्रेषित गरिन्छ । अन्य मुख्य खण्डहरुमा “प्रोटेक्ट योरसेल्फ”, “मास्क युजेज” “ट्राभल रिकम्मेन्डेसन्स” तथा भाइरसको बारेमा तपाईंको ज्ञान जाँच गर्न एक अन्तरक्रियात्मक “मिथ्स” क्वीज रहेका छन् ।

यसैगरी च्याटबटमा रहेको “डोनेट नाउ” बटनले प्रयोगकर्ताहरुलाई डब्लुएचओले महामारी विरुद्ध लड्न स्थापना गरेको कोभिड–१९ सोलिड्यारिटी रेसपन्स फण्डको लागि आफ्नो तर्फबाट चन्दा सहायता प्रदान गर्न सक्नेछन् ।

“विश्व स्वास्थ्य संगठनले नवीनतम् डिजिटल प्रविधिको सहायताले भरपर्दो सूचनाका साथ सम्भव भएसम्म विश्वका धेरैभन्दा धेरै नागरिकहरुमाझ पुग्ने लक्ष्य लिएको छ । सही सूचना शक्ति हो र यसले यस्तो महामारीको समयमा जीवनहरु बचाउन मद्दत पुग्छ ।” डब्लुएचओका महा निर्देशक डा. टेड्रोस एद्हानम गेब्रेयेससले भने ।

“हामीले मानिसहरुलाई सम्पर्कमा रहिरहन साथसाथै स्थानीय एवं विश्वभरका सरकार तथा संसारभरका स्वास्थ्योपचार सम्बद्ध संस्थाहरुलाई संकटास्पद अद्यावधिकहरु उपलब्ध गराएर र गलत सूचना विरुद्ध लड्न पनि सहयोग गरिरहेका छौं । भाइबर र डब्लुएचओले यो विषम अवस्थामा व्यक्तिहरु र समुदायहरुलाई स्वस्थ एवं सुसूचित रहनका लागि मद्दत गर्न मिलेर संयुक्त रुपमा काम गरिरहेको छ । यो च्याटबट तपाईं आफैले प्रयोग गर्नुहोस्, अनि यसलाई आफ्नो प्रियजनहरुसँग साझा गरेर तपाईंका आफन्तहरुको सुरक्षा र सहायता गर्नुहोस् । डिजिटल सुरक्षित छ ।” राक’टेन भाइबरका सिइओ डिजामेल अगोवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?