काठमाडौं । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे ।
आफ्नो आविष्कारको परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो । डा.ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक पुर्याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए । तर उनले सोचे जस्तो भएन ।
मेरो आविष्कारको उल्टो प्रभाव भयो । चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो, उनले भने, मैले आफू समस्यामा परेको थाहा पाएँ।
म हाँसे र केही बेर काम गरिनँ, उनले भने । अनि मैले केही नसोचीकन अनुहारमा चुम्बकहरू राख्न थालेँ। पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र । नाकको अर्को प्वालमा चुम्बकहरू राखेपछि समस्या भयो। ती सँगै टाँसिए र नाकेहाडमा चुम्बकहरू अड्किए ! पहिला दुख्यो तर म धेरै आत्तिइनँ, उनले भने, तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ।
बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो।
कोभिड-१९ बारे थाहा हुन बाँकी कुरा
तर आफैँ त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन । त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो। अनि नाक तानिँदाको बल पीडादायी थियो ।
त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो । उनी मेल्बर्नस्थित एउटा स्थानीय अस्पताल गए। चिकित्सकहरूले उनको नाकबाट सबै चुम्बक निकालिदिए ।
अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ । हाँस्दै उनले भने, म यो काम कोही क्षमतावान् व्यक्तिलाई गर्न दिन्छु । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया