रामेछापमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु,२८ जना घाइते

काठमाडौँ- रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्बरको पिकअप भ्यान मंगलबार बिहान ५ बजे रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको हो । चालक सकुशल छ ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ । घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?