कोरोना भाइरस : अमेरिकाको प्रतिष्ठित अस्पतालमा लाग्यो शवको खात (भिडियोसहित)

काठमाडौं । संसारकै सबैभन्दा उत्कृष्ट र राम्रो स्वास्थ्य सेवा दिने देशको रुपमा मानिएको अमेरिकाको हालत आज कोरोना भाइरसका कारण नाजुक रहेको छ । कोरोना भाइरसका संक्रमितको संख्या अमेरिकामा एकदमै तिव्र गतिमा बढी रहेको छ ।

हरेक दिन अत्याधिक संख्यामा मानिसहको मृत्यु भईरहेको छ । यस समय अमेरिकाको न्युयोर्क शहरलाई सबैभन्दा धेरै कोरोना संक्रमित शहर मध्ये एकमा गनिएको छ । न्युयोर्कमा मात्रै अहिलेसम्म ६७ हजार ३ सय २५ संक्रमितहरु पाइएको छ भने मृतकको संख्या १ हवनार ३ सय ४२ रहेको छ ।

कोरोनाको महामारीका कारण अस्पतालमा मृत्यु भएका मानिसहरुको शव अहिले अत्याधिक देखिन थालेको छ । न्युयोकको प्रतिष्ठित ब्रुकलिन अस्पतालको बाहिर रेफ्रिजेटर ट्रकमा शवलाई राखिरहेको एक भिडियो साम्ने आएको छ ।

https://twitter.com/i/status/1244493925211090947

यस भिडियोलाई देखेपछि अमेरिकामा झनै मानिसहरु झनै त्रसित बनेका छन् । एक पर्यटकले उक्त दृष्य भिडियो बनाएर शेयर गरेका हुन् ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ७० जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ६४ हजार २ सय ६६ जना संक्रमित भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?