कोरोना भाइरस : अभिनेता सलमान खानका भतिजाको मृत्यु

काठमाडौं । बलिउड फिल्म अभिनेता सलमान खानका भतिजाको मृत्यु भएको छ । इन्दौरमा बस्दै आएका उनका भतिजा अब्दुला खानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अब्दुलालाई फोक्सोमा पनि समस्या भएको बताइएको छ । दुई दिन अगासडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मृत्युको खबर सुनेपछि सलमान परिवारमा रुवाबासी चलेको थियो ।

कोरोनाबाट मृत्यु भएको हो वा होइन भन्ने बारे स्वाब परिक्षणका लागि अस्पताल पठाइएको थियो ।

*३८ वर्षको उमेरमा हिजो राती अभिनेता सलमान खानका भतिज अब्दुलाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

यस बारेमा अभिनेता सलमान खान स्वयंले पनि एक ट्वीट गर्दै यस बारेमा जानकारी दिएका थिए । अब्दुल्ला एक बडिबिल्डर थिए ।

*यस अघि भुलवस सलमान खानका भतिजा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – सम्पादक

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?