काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३७ हजार ८ सय २० जनाको मृत्यु भएको छ ।
त्यस्तै, ७ लाख ८५ हजार ८ सय ७ जनालाई संक्रमण भएको छ भने १ लाख ६५ हजार ६ सय ५९ जना निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण विश्वका २०० वटा देशमा फैलिएको छ ।
चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख १ हजार ७ सय ३९ जनामा भाइरसको संक्रमण देखा परेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म ७ हजार ७ सय १६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।
त्यस्तै चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । भाइरसका कारण चीनमा आज थप १ जनाको मृत्यु भएको हो । इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु हुँदा संक्रमितको संख्या ४१ हजार ४ सय ९५ रहेको छ ।
अमेरिकामा अहिलेसम्म महामारीका कारण ३ हजार १ सय १६ जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् ।
अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ लाख ६४ हजार २ सय ५३ पुगेको छ । त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ८ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या २२ हजार १ सय ४१ रहेको छ । त्यस्तै फ्रान्समा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ३ हजार २४ रहेको छ भने संक्रमितको संख्या ४४ हजार ५ सय ५० जनामा संक्रमण देखा परेको छ ।
त्यस्तै नेदरल्याण्डमा भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ६४ रहेको छ भने संक्रमणको संख्या ११ हजार ७ सय ५० रहेको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१३, स्विट्जरल्याण्डमा ३५९ र जर्मनी ६४५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया