देशभर १०० जना आइसोलेसनमा

कोरोना भाइरस संक्रमण आशंकामा अहिले काठमाडौंसहित देशभरिका विभिन्न अस्पतालमा एक सयजना भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विभिन्न प्रदेशस्थित अस्पतालमा ९३ तथा काठमाडौं उपत्यकामा टेकुस्थित शुक्रराज अस्पतालमा चार र पाटन अस्पतालमा तीनजना भर्ना भएको जानकारी सोमबार मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका हुन्।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाका ७६ वटा नमुना परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

हालसम्म ९९३ जनाको नमुना परीक्षण भएकोमा पाँचजनामा मात्र कोरोना पुष्टि भएको छ। जसमध्ये एक निको भइसकेको र चारजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बुटबलस्थित कोरोना अस्पतालमा आइतबार मृत्यु भएका ३४ वर्षीय युवकमा कोरोना संक्रमण नभएको नमुना परीक्षणबाट पुष्टि भएको मन्त्रालयले जनाएको छ। नागरिक दैनकिमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?