काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटाली, स्पेन र अमेरिकामा गरी २२ हजार बढी मानिसको मृत्यु भएको छ।
इटालीमा सर्वाधिक ११ हजार ५९१ जनाको मृत्यु हुँदा, स्पेनमा ७ हजार ७१६ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा मंगलबार बिहानसम्म ३ हजार १६५ जनाको मृत्यु भएको छ । यस्तै भाइरसको उद्गमस्थल मानिने चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।
भाइरस विश्वभर झण्डै ८ लाख जनामा देखिएको छ । मंगलबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण ७ लाख ८५ हजार ७७७ जनामा देखिएको छ ।
जसमध्ये १ लाख ६५ हजार ६०७ जना निको भएर घर पनि फर्केका छन् ।
अहिलेसम्म भाइरसबाट ३७ हजार ८१५ जनाको मृत्यु भएको छ । नेपालमा भने अहिलेसम्म ५ जना संक्रमति भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया