काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिए पछि उनी आइसोलेसनमा बस्ने भएका छन् ।
सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् ।
नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । इजरायलमा हालसम्म कोरोना भाइरसको कारणले १६ जनाको ज्यान गईसकेको छ भने ४ हजार ३४७ संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया