काठमाडौं । आइतवार एकैदिन टोकियोमा ८६ जना कोरोना संक्रमित देखिएका छन् । एकैपटक कोरोना संक्रमितको संख्या यति धेरै मात्रामा देखिएको यो पहिलो पटक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
साथै जापानको स्वास्थ्य मन्त्रालयले राजधानी सहर टोकियोमा आइतबार एकैदिन ६८ जनामा भाइरसको नयाँ संक्रमण देखिएको पुष्टि गरेको जनाइएको छ । आइतबार भेटिएका नयाँ संक्रमितमध्ये २८ संक्रमित टोकियो नजिकै रहेको एक अनाथालयमा भेटिएका थिए ।
आइतवार टोकियोमा एक्कासी ठुलो संख्यामा भाइरसबाट संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या चार सय ३० पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार
कोरोना भाइरसलाई धेरै फैलिन नदिन सफल भएको मुलुकको रुपमा मानिएको जापानमा आइतबार यो भाइरसका एक सय ७३ नयाँ संक्रमित फेला परेका थिए ।
हालसम्म जापानमा कोरोना संक्रमित हुनेको संख्या एक हजार आठ सय ६६ पुगेको छ । भने हालसम्म जापानमा कोरोनाको कारण ५४ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया