कोरोना विरुद्धको युद्धका लागि फेसबुक संस्थापकले २५० लाख डलर सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाईका लागि सारा विश्व एकजुट भएको छ । यस विपद् घडीमा सबैले आ -आफ्नो क्षेत्रबाट आर्थिक सहयोग गरिरहेका छन् ।

संसारमा आर्थिक स्थिति बलियो भएका व्यक्तिहरुले कोरोना भाइरसविरुद्ध लड्नको लागि आर्थिक मद्दतको घोषणा गरेका छन् ।

सोसल मिडियाको प्लेटफर्म फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी श्रीमती प्रिसिला च्यानले पनि कोरोनाविरुद्धको लडाईका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उनीहरुले बिल गेट्स र मेलिन्डा गेट्स फाउण्डेशनसँग मिलेर २५० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

उनीहरुले उक्त रकमबाट कोरोना पीडित व्यक्तिहरुको उपचाका लागि सहयोग गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?