काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट नेपाल आएर विभिन्न जिल्लामा गएका ४१ हजार बढीकोे ट्रेस गरेर उनीहरुको विवरण अध्यावधिक भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विदेशबाट आएका ४१ हजार ४ सय मानिसको अध्यावधिक गरिएको जानकारी दिएका हुन् ।
नियमित पत्रकार सम्मेलनमा देवकोटाले उनीहरुलाई आवश्यक पर्दा सरकारले जुनसुकै बेला सम्पर्कमा ल्याउन सक्ने बताए । उनले अहिलेसम्म कोरोना संक्रमित विरामीको संख्या नेपालमा नबढेको भन्दै वीर अस्पताल र पाटन अस्पतालमा मृत्यु भएका तीन जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया