भारतीय प्रहरीले मितेरी पुलमा गोली चलायो

काठमाडौं । वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा गोलि चलेको छ । पुल र दशगजा छेत्रमा करिब ३ सय भारतीय जम्मा भएका थिए । नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भारतीयहरु फर्किने क्रममा दशगजा क्षेत्रमा जम्मा भएका थिए ।

लकडाउनका कारण नाका बन्द रहेको हुँदा भारतीयहरु मितेरी पुलमा जम्मा हुने क्रम बढेको थियो ।

भिडलाइ तितर वितर गर्न दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हाम्रा बिरगंज सम्बाददाताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?