चीनले मनायो कोरोनाको विजय उत्सव, फेरी बेचिन थाल्यो चमेरो, कुकुर र बिरालोको मासु

काठमाडौं । एक तर्फ महामारीका कारण सारा विश्व कोरोन भाइरससँग लडिरहेको छ भने अर्काे तर्फ चीन महामारीमाथि विजय भएको खुसीयाली मनाइरहेको छ ।

फेरी चिनियाँ नागरिकहरु पुरानै लयमा आईसकेका छन् । उनीहरु खरायो, कुकुर र चमेरो जस्ता जनावरहरुको मासु खान थालेका छन् ।

चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट सारा विश्व भरि नै महामारीको रुप लिए्र फैलिएको कोरोना भाइरस चमेरोको माध्यमबाट मानिसको शरीरमा छिरेको मान्ने गरिन्छ ।

मिडिया रिपोर्टका अनुसार शनिवार चीनमा कोरोना भाइरसमाथि पाएको विजयको खुसीयाली मनाईएको थियो ।

त्यसबेला बाटै चीनमा कुकुर, बिरालो, खरायो र चमेरोको मासु बिक्री हुन थालेको छ । साथै बन्द गरिएका सबै मासु पसल पुनः खोलिएका छन् ।

आज भन्दा तीन महिना अगाडि कोरोना भाइरस उक्त मासु बजारबाटै फैलिएको बताइएको थियो । बजारमा अहिले बिभिन्न प्रजातिका जनावरहरु राखिएको छ ।

साथै चमेरो, बिच्छी जस्ता जीवहरु बेच्न थालिएको छ । कोरोनाको महामारी भउपछि चीनले देशभर लगाएको लकडाउन पनि हटाएको छ ।

साथै अर्थव्यवस्थालाई मजबुत बनाउन चीनले स्थिति नियन्त्रीत भएको र अब फेरी आफ्नो नर्मल जीवन बिताउन सक्ने बताएको छ । तर चीन सरकारले फोटो कसैलाई पनि खिच्न नदिनका लागि सुरक्षा बल तैनाथ गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?