काठमाडौं । प्रधानमन्त्री ग्यूसेप कोन्तेको सरकारले इटालीवासीहरुलाई लामो समयसम्मको लकडाउनका लागि तयार रहन भनेका छन् ।
सरकारको तर्फबाट आइतवार उनले आफ्ना देशबासीहरुलाई लामो समयसम्म लकडाउन हुनसक्ने भन्दै त्यसको लागि तयार रहन आग्रह गरेका छन् ।
कोरोना भाइरसबाट विश्वकै सबैभन्दा प्रभावित बनेको इटालीमा लगातार मृत्यु हुनेको संख्यामा वृद्धि भईरहेको छ ।
अहिलेसम्म इटालीमा महामारीका कारण १० हजार ७ सय ७९ जनाको ज्यान गईसकेको छ भने ९७ हजार ६ सय ८९ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया