काठमाडौं । पाकिस्तानका महान स्क्वाश खेलाडी आजम खानको कोरोना भाइरसका कारण निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट उनको लण्डनमा मृत्यु भएको हो ।
उनको परिवारले कोरोना भाइरसका कारण उनको ९५ वर्षको उमेरमा निधन भएको बताएको छ । उनलाई गएको हप्ता कोरोनाको संक्रमण देखा परेको थियो । लण्डनको इलिंग अस्पतालमा उनको निधन भएको हो ।
आजमलाई संसारकै सर्वश्रेष्ठ स्क्वास खेलाडीमध्ये एक मान्ने गरिन्थ्यो । उनले सन् १९५९ र सन् १९६१ मा ब्रिटिश ओपन प्रतियोगिता जितेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया