काठमाडौं । गत चैत ११ गतेबाट सरकारले लकडनउनको ३ दिनको अवधिमा नेपाल आयल निगमले उपत्यकामा मात्र ८७ हजार बढि सिलिण्डर ग्यास वितरण गरेको जनाएको छ ।
आयल निगमले उक्त परिणामको सिलिन्डरहरु बिक्रि गरिएको एक विज्ञप्तीमार्फत जनाएको हो ।
लकडाउन साताको चैत १४, १५ र १६ गते गरी तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर वितरण भएको आयल निगमको विज्ञप्तीमा उल्लेख रहेको छ ।
त्यस्तै चैत १४ गते ३३ हजार ६ सय ५८, १५ गते १४ हजार १ सय ८ र १६ गते ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास वितरण भएको निगमले जनाएको छ ।
काठमाडौं उपत्यका लगायत अन्य स्थानहरुमा एल।पी ग्यासको कारोबार गर्ने एल.पी ग्यास उद्योगहरुले विभिन्न डिलर तथा रिटेलरहरुबाट वितरण गरिएको परिमाण रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया