मेलम्ची । अहिले कोरोनाको महामारीले सारा विश्व नै आक्रान्त बनेको छ । यस्तो अवस्थामाा आ आफूले सकेको क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं. ३ का वडा अध्यक्ष वसन्त गुरुङ्गले ७ वेड सहितको क्वारेन्टाइन निर्माण भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ३ का अध्यक्ष वसन्त गुरुङ्गले वडाबासी सुरक्षित नरहे आफू अध्यक्ष रहेको बेकार हुने बताएका छन् ।
कोरोनाको कारण यतिबेला विश्व आक्रान्त बनेको छ । यसैक्रममा अध्यक्ष गुरुङ्गले आफू जनप्रतिनिधी भएको हैसियतले आफू वडाबासी प्रति पूर्ण रुपमा जिम्मेवार रहेको समेत बताएका छन् ।
भने जुन सुकै हालतमा पनि वडा बासीको रक्षार्थ उभिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यसैक्रममा उनले भनेका छन्, म एक जनप्रतिनिधी भएकोले स्वभावैले म मा वडाबासीको भरोसा र जिम्मेवारी काँधमा छ ।
साथै मेलम्ची नगरपालीका वडा न.३ हैवुडमा सात बेड सहितको क्वारेनटाइन बनाईएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
विपद्को यो घडिमा कोरोनासँग लड्न मेलम्ची नगरपालीका वडा नं. ३ का सबै लागि परिरहेको पनि उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया