कोरोना भाइरस : गूगगले ‘अप्रिल फूल’ नमनाउने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन अर्थात गूगलले अप्रिल फूल नमानाउने भएको छ । गूगलले विशेष मौकामा डूडल बनाएर उक्त पल लाई बिशेष बनाउने गर्दछ । तर यस पटक भने यो विशेष अवसरमा गूगगले अप्रिल फूल नमनाउने भएको हो ।

कोरोना महामारीको यो संकटको वैश्विक लडाईमा साथ, सहयोग र सम्मन दिँदै यस वर्ष अप्रिल फूल (मूर्ख दिवस) नमनाउने भएको हो ।

बिजनेस इनसाइडरको रिपोर्टको अनुसार गूगल मार्केटिङ प्रमुख लोरेन टुहिलको एक आन्तरिक ईमेलमा भनिएको छ, गूगगले १ अप्रिल, सन् २०२० लाई कोरोना भाइरससँग लड्वालाहरुप्रति प्रत्यक्ष रुपले सम्मान प्रकट गर्नेछ ।

उनले भने, ‘हामीले यस अगाडिका वर्षमा अप्रिल फूल मनाउने निर्देशन दिएका थियौँ, तर महामारीको यो घडीमा सबै आफन्त भएकोले यस वर्ष हामी अप्रिल फूल नमनाउने भएका हौँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?