कोरोना अपडेट : मृतकको संख्या ३३ हजार नाघ्यो, कति छन् संक्रमित ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३३ हजार २ सय १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ७ लाख ३ हजार ८ सय ६७ जनालाई संक्रमण भएको छ भने १ लाख ४९ हजार २ सय १९ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैलिएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको महामारीका कारण इटालीमा अहिलेसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने भाइरसबाट ९७ हजार ६ सय ८९ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म ६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७८ हजार ७ सय ९९ पुगेको छ ।

त्यस्तै चीनमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ । इरानमा २ हजार ६ सय ४० जनाको मृत्यु हुँदा संक्रमितको संख्या ३८ हजार ३ सय ९ रहेको छ ।

अमेरिकामा अहिलेसम्म महामारीका कारण २ हजार ३ सय ५३ जनाको ज्यान गएको छ भने सबैभन्दा धेरै कोरोनाका संक्रमित पनि अमेरिकामै रहेका छन् ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय ३ पुगेको छ । त्यस्तै ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या १९ हजार ५ सय २२ रहेको छ । त्यस्तै फ्रान्समा कोरोनाको महामारीबाट मृत्यु हुनेकको संख्या २ हजार ३ सय १४ रहेको छ भने संक्रमितको संख्या ३७ हजार ५ सय ३७ जनामा संक्रमण देखा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?