२०७६, १६ चैत्र आईतवार २२:०९

अब सातै प्रदेशमा कोरोना परिक्षण गरिने, कुन प्रदेशको कहाँ ?


प्रकाशित मिति : २०७६, १६ चैत्र आईतवार २२:०९

काठमाडौं । अब सातै प्रदेशमा कोरोना परिक्षण हुने भएको छ । त्यसको लागि सरकारले अस्पताल तथा स्वास्थ्यकर्मी समेत तोकेको छ ।

जस अनुसार प्रदेश १ मा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना परिक्षणको लागि तोकिएको छ ।

प्रदेश २ को जनकपुर, प्रदेश ३ को लागि हेटौँडा लगायत सबै प्रदेशमा कोरोना परिक्षण गरिने व्यवस्था सरकारले गरेको छ ।

त्यस्तै अहिलेसम्म सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परिक्षण तथा उपचार हुँदै आइरहेको छ ।

हालसम्म नेपालमा ५ जना कोरोना संक्रमित विरामी देखिएका छन् । उनीहरुको उपचार समेत टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भैरहेको छ । सबै प्रदेशमा कोरोनाको परिक्षण गरिने सरकारको निर्णयसँगै थप सहज हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस