स्पेनमा कोरोना महामारी : २४ घण्टामा ८ सय ४४ को मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण स्पेनमा हाहाकार मच्चिएको छ । गएको २४ घण्टामा स्पेनमा ८०० भन्दा धेरैको ज्यान गईसकेको छ ।

स्पेनमा कोरोना भाइरसका कारण मृतकको संख्या अत्याधिक तीव्र दरमा वृद्धि हुँदै गएपछि स्थिति नाजुक बनेको हो ।

कोरोनाको महामारीका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ८४४ जनाको मृत्यु भएको हो । अहिलेसम्म स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६हजार ५ सय २८ पुगिसकेको छ ।

साथै संक्रमितको संख्या ७८ हजार ७ सय ९७ पुगेको छ । यसैबीच स्पेनकी शाही परिवाकी राजकुमारी मारिया टेरेसाको ८६वर्षको उमेरमा कोरोना भाइरसकै कारण निधन भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?