गायिका कनिका कपूरको चौथो टेस्ट रिपोर्ट पनि पोजिटिभ, के भन्छन् परिवार ?

काठमाडौं । बलिउड गायिका कनिका कपूरको कोरोना भाइरस टेस्ट लगातार चौथो पटक पनि पोजिटिभ आएको छ । यो भन्दा अगाडिका तीनटेस्ट रिपोर्टमा पनि उनको रिजल्ट पोजिटिभ पाइएको थियो ।

चौथो पटक पनि रिजल्ट पोजिटिभ पाइएपछि उनका परिवारमा चिन्ता बढ्दै गएको छ ।

उनको परिवारका सदस्य भारतीय सञ्चारमाध्यमहरुसँग् कुरा गर्दै भने, ‘हामी उनको टेस्ट रिपेर्टलाई लिएर एकदमै चिन्तित छौँ,हामीलाई लागिरहेको छ कि,कनिकाले ट्रिटमेन्टलाई लिएर रेस्पन्ड गरिरहेकी छैनन् । दोश्रो कारण हामी लकडाउनले गर्दा उनलाई एडभान्स ट्रिटमेन्टका लागि कहिँ अन्त् लिएर जान पनि सकेका छैनौँ । अब हामी उनको रिकोभरका लागि मात्र प्रार्थना गर्न सक्ने स्थितिमा छौँ ।’

तर डाक्टरले भने ४१ वर्षीया गायिका कनिका कपूरको अवस्था अहिले स्थिर रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?