बुटवलको आइशोलेसनमा रहेका एक व्यक्तिको मृत्यु

काठमाडौं । कोरोना भाइरसको आंशकामा आइशोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको मृत्यु भएको हो ।

दुबइबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालको आइशोलेसनमा भर्ना भएका थिए ।  उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारेमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पताल स्रोतले बताएको छ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आज बेलुका सम्म उनको रिपोर्ट आउने स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?