नेपाल आइपुग्यो ज्याकमाले पठाएका सहयोग

काठमाडौं । विश्वचर्चित अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाकै धनाढ्य व्यक्ति ज्याकमा र चीनका विभिन्न संस्थाले गरेको सहयोग नेपाल आइपुगेको छ ।

यसअघि ज्याकमाले नेपालसहित दक्षिण तथा पूर्वी एशियाका ९ देशलाई सहयोग गर्ने घोषणा गरेका थिए । अलिबाबा फाउन्डेसन तथा ज्याक मा फाउन्डेसनमार्फत उनले १ लाख २०० थान एन ९४ मास्क र २० हजार ६४ वटा परीक्षण किट नेपाल पठाएका हुन् ।

मास्कको मुल्य १० लाख ८४ हजार १ सय ६४ चिनियाँ युआन अर्थात् झन्डै १ करोड ८४ लाख नेपाली रुपैयाँ पर्न जान्छ भने परीक्षण किटको मुल्य १ करोड ५५ लाख नेपाली रुपैयाँ बराबर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?