जनतासँग भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो रेडियो कार्यक्रम ‘मन की बात’ मार्फत लकडाउनको मारमा परेका भारतका गरिब जनतासँग माफी मागेका छन् ।

‘आज दुनियाँभर कोरोना संकटकै चर्चा छ । यस्तोमा दोस्रो कुरा गर्नु उचित हुँदैन । केही यस्ता निर्णय लिनुप-यो, जसले गरिबलाई दुःख दियो । म सबैसँग क्षमा माग्छु,’ मनकी बातको ६३ औं शृंखलामा उनले भने, ‘मसँग यस लडाइँमा यसबाहेक अन्य विकल्प थिएन । कसैलाई यस्तो गर्न मन पनि लाग्दैन, तर मलाई तपाईंको परिवार सुरक्षित राख्नु छ । त्यसैले दोस्रोपटक क्षमा माग्छु ।’ उनले भने  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?