रौतहट दुई दिनका लागि ‘सट डाउन’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार दुईदिन औषधि बाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना जोखिम नहोस भन्नका लागि सरकारले चैत ११ गते बाट लकडाउन गरेको छ । तर विभिन्न बाहानामा लकडाउनको उल्लंघन हुने गरेकाले सट डाउन गरिएको जनाइएको छ ।

मानिसहरु खाद्यन्न तथा तरकारी किन्ने बाहानमा भीडभाड गर्ने गरेको तथा विनाकारण बाहिर निस्कने गरेकाले प्रहरीले धेरै जनालाई पक्राउ समेत गरिसकेको छ।

सरकारले लकडाउन गरेपनि अत्यावस्यक सामाग्री भीडभाड बढेर संक्रमण फैलने खतरा बढेको भन्दै आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन दिएका छैनन् ।

बजारहरु बन्द भएपनि अत्यावश्यक खाद्यान्नका लागि उद्योग वाणिज्य संघको सहकार्यमा सहज आपूर्तिको व्यवस्थापन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै लकडाउनलाई कडाईको साथ पालना गर्न लगाउने र अवज्ञा गर्नेलाई कारबाही गर्न समेत सुरक्षा निकायले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?