कोराना भाइरसबाट स्पेनकी राजकुमारीको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रवार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाई राजकुमार सिक्स्टस हेनरीले गरेको द सनले खबर प्रकाशित गरेको छ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने टेरेसा पहिलो व्यक्ति हुन्।

योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९८२ पुगेको छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?