अस्ट्रेलियामा ८ नेपाली विद्यार्थीलाई लाग्यो कोरोना भाइरस

काठमाडौं । अस्ष्ट्रेलियामा अध्ययनरत ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ । अस्ट्रेलियास्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार यो भाइरसबाट भिक्टोरियामा ३, न्यू साउथ वेल्समा ४ र तास्मेनियामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा तास्मेनियाका संक्रमित नेपाली विद्यार्थी निको भइसकेको दूतावासले जनाएको छ ।
अहिलेसम्म बाँकी नेपाली विद्यार्थी सुरक्षितरुपमा होम क्वारेन्टाइनमा रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?