६ लाख ६३ हजारमा देखियो कोरोनाभाइरसको संक्रमण, कुन देशमा कति (तथ्यांकसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर आइतबार बिहानसम्म ६ लाख ६३ हजार ७४० जनामा देखिएको छ । यो भाइरसबाट हालसम्मम ३० हजार ८७९ जनाको मृत्यु हँदा १ लाख ४२ हजार १८३ जना निको पनि भएका छन् ।

अहिले यही रोगका कारण विश्व त्राहिमाम बनेको छ । भाइरसका कारण इटाली र अमेरिकामा मात्रै १२ हजार २५० जनाको मृत्यु भएको छ ।

इटालीमा विश्वकै सबैभन्दा धेरै १० हजार २३ जनाको मृत्यु हुँदा यो भाइरसबाट ९२ हजार ४७२ जना संक्रमित भएका छन् । यस्तै १२ हजारको हाराहारीमा निको पनि भएका छन् ।

उता अमेरिकामा सर्वाधिक १ लाख २३ हजार ७५० जनामा भाइरस संक्रमण देखिएकोमा २ हजार २२७ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ३ हजार २३१ जनामात्रै निको भएर घर फर्किएका छन् ।

यसैबीच कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । चीनको उहानबाट यो भाइरसको संक्रमण देखिएको भएपनि अहिले भाइरस नियन्त्रणको दिशामा रहेको चीनको भनाइ छ।

चीनमा नियन्त्रणको दिशामा रहेको पनि भाइरसका कारण विश्व अहिले आतंकित छ । चीनमा यो भाइरसको संक्रमण ८१ हजार ४३९ जनामा रहेकामा ३ हजार ३०० जनाको मृत्यु भएको छ । जवकी यो भाइरसबाट इटाली र अमेरिकामा चीनमा भन्दा बढीको मृत्यु हुनुका साथै संक्रमित दर पनि बढी रहेको छ।

यस्तै भाइरसबाट स्पेन जर्मनी, फ्रान्स, इरान, युके, स्वीट्जरल्याण्डलगायतका देश नराम्ररी प्रभावित बनेका छन् । नेपालमा पनि यो भाइरसको संक्रमण ५ जनामा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?