इटाली र अमेरिकामा १२ हजार २५० जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण इटाली र अमेरिकामा मात्रै १२ हजार २५० जनाको मृत्यु भएको छ ।
इटालीमा विश्वकै सबैभन्दा धेरै १० हजार २३ जनाको मृत्यु हुँदा यो भाइरसबाट ९२ हजार ४७२ जना संक्रमित भएका छन् । यस्तै १२ हजारको हाराहारीमा निको पनि भएका छन् ।
उता अमेरिकामा सर्वाधिक १ लाख २३ हजार ७५० जनामा भाइरस संक्रमण देखिएकोमा २ हजार २२७ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ३ हजार २३१ जनामात्रै निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?