चीनबाट नेपाल आइपुग्यो औषधिसहित अत्यावश्यक स्वास्थ्य उपकरण

काठमाडौं । चीनबाट औषधिसहित अत्यावश्यक स्वास्थ्य उपकरण ल्याइएको छ । आइतबार बिहान चीनको ग्वन्झाउबाट कोरोना भाइरसविरुद्ध प्रयोग हुने ती औषधि तथा अत्यावाश्यक स्वास्थ्य सामग्री आइपुगेको हो ।

स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो नेपाल बायु सेवा निगमको जहाज ग्वान्झउ उडेको थियो ।

स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ ।

अत्यावश्यक सामग्रीमा पिपिई, कोरोना चेक गर्ने ल्याव मेसिन, किट लगायत अत्यावश्यक सामग्री रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?