अष्ट्रेलिया ६ महिनासम्मका लागि ‘लक डाउन’ हुन सक्ने

काठमाडौं । ब्रिटेनको जसरी नै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि ६ महिनासम्म लकडाउन लम्ब्याइन सकिने बताएका छन् ।

सबैलाई जिममा जान र पबमा बस्न नदिने भन्दै उनले पबमा बसेको भेटिए ठूलो जरिवानाको भागिदार बन्नुपर्ने बताएका हुन् । उनले देशबासीहरुलाई घरमा नै बसिराख्न अनुरोध गरेका छन् ।

देशमा फैलिरहेको कोरोनाको महामारीमाथि चिन्ता व्यक्त गर्दै उनले आफ्नो बानी सुधार्न र नियम पालन गर्न अनुरोध गरेका छन् ।

उनले सोसल डिस्टेन्स बनाइराख्न आम मानिसहरुलाई अपील समेत गरेका छन् ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । साथै ३ हजार ६सय ३५ जनामा कोरोनाको संक्रमित देखा परेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?