दाङका ३ अस्पतालमा कोरोनाको आशंकामा १६ जना आइशोलेसनमा

काठमाडौं । दाङका कोरोना भाइरसको संक्रमणको आशंकामा अहिलेसम्म १६ ब्यक्तिलाइ आइसोलेसनमा राखिएको छ । तीन वटा अस्पतालमा उनिहरुलाई राखिएको हो ।

त्यस्तै अन्य ६ जना ब्यक्ति क्वारेन्टाइनमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन् ।

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा सो सख्यामा आइसोलेसनमा राखिएको उनले जानकारी दिएका हुन् ।

त्यो मध्ये राप्ती स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएका ५ जना मध्ये ३ जना आइसोलेसनमा भर्ना छन । भने प्रतिष्ठानमा बिहिबार भर्ना भएका दुइ जना शुक्रबार कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

नेगेटिभ रिपोर्ट आएका उनिहरुलाई शुक्रबार नै १४ दिन घरमै क्वारेन्टाइन बस्ने सल्लाहसहित डिस्चार्ज गरिएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिए ।

साथै गत बिहीवार मात्रै प्रतिष्ठानले लिएको नमुना जिल्लाका सरोकारवाला कसैले लैजान मानेका थिएनन् । उपकुलपती संगीता भण्डारिले आफै भर्ना भएका बिरामीको ‘थ्रोट स्वाव’ परीक्षणका लागि नमुना काठमाडौं लिएर टेकु पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?